खेलकुद

क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

२६ असार २०८१, बुधबार ०२:१९
क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

२६ असार, काठमाडौँ। अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।

क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । खेलको ५१ मिनेटमा लियोनेल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे । र, खेलको अन्तिम समयसम्म यही अग्रता कायम राख्दै अर्जेन्टिना २-० ले विजयी भयो ।

अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्