समाचार

सर्प पाल्न भ्रष्टाचार गर्ने तत्कालीन मन्त्रीलाई ९ वर्ष कैद, दुई करोड बिगो र जरिवाना

२५ असार २०८१, मंगलवार १५:४२
सर्प पाल्न भ्रष्टाचार गर्ने तत्कालीन मन्त्रीलाई ९ वर्ष कैद, दुई करोड बिगो र जरिवाना

२५ असार, काठमाडौँ।  विशेष अदालतले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना निर्धारण गर्दै मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवलाई ९ वर्ष १ महिना कैद र २ करोड ३५ लाख जरिवाना र बिगोको फैसला गरेको छ।

प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा विशेषले यही असार ११ गते तत्कालीन मन्त्रीसहित पाँचजनालाई दोषी ठहर गरेको थियो । उनलाई ३ करोड ५९ लाख ६६ हजार ६ सय रुपैयाँ जरिवाना हुने फैसला विशेषले गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्ते आदेश दिएको हो ।

अन्य प्रतिवादीहरू लक्ष्मणप्रसाद यादव, रामदरास राउत, शेरबहादुर राउत, कृष्णप्रसाद गौतम, लीलामणि आचार्य र सन्दीप नेपालीलाई जनही दुई वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।

त्यसैगरी, लक्ष्मणप्रसाद यादव र रामदरस राउतलाई थप तीन महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।  त्यस्तै, रेवतीप्रसाद पन्त, नवराज भण्डारी, देवेन्द्र राय र निरज भण्डारीलाई जनही ८–८ वर्ष कैद हुने फैसला भएको छ । यस्तै, उनीहरू सबैलाई जनही तीन करोड ५९ लाख ६६ हजार ६ सय रुपैयाँ जरिवानासमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्