समाचार

पानी पर्ने मौसममा सीजीको वासर एन्ड ड्रायर वासिङ मेसिन लाभ दायक पूर्ण

२५ असार २०८१, मंगलवार ०४:१०
पानी पर्ने मौसममा सीजीको वासर एन्ड ड्रायर वासिङ मेसिन लाभ दायक पूर्ण

काठमाडौं । वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधि युक्त, सि.जी वासर एन्ड ड्रायर वासिङमेसिन, नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि.जीले उपलब्ध गराएको छ ।

पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सि.जी.ले यो वासिङ मेसिन ल्याएको हो । उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाडुहरुलाई नाश गरि, हिट पम्प डा««इङ टेक्नोलोजि मार्फत कपडा मेसिन भित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्छ ।

बि ड्रायर इन्भर्टर मोटरले १४०० आर.पि.एममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वाश, एक्स्टारिन्ज अनि स्पिड वाश जस्ता मोडहरु छन् ।

सि.जीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ र बिभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नजिकैको सि.जीे स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्