प्रदेश

महाकाली, बबई, नारायणी, कोशीलगायतका नदीमा जलसतहले सर्तकता तह पार गर्‍याे

२३ असार २०८१, आईतवार ०१:४९
महाकाली, बबई, नारायणी, कोशीलगायतका नदीमा जलसतहले सर्तकता तह पार गर्‍याे

२३ असार,काठमाडौं। देशका विभिन्न जिल्लामा अहिले पनि पानी परिरहेको छ । लगातारको झरीसँगै महाकाली, बबई, नारायणी, कोशीलगायतका नदीमा जलसतहले सर्तकता तह पार गरेको छ ।

डडेलधुरा, बर्दिया, बाँके, स्याङजा, चितवन, धनकुटा, सुनसरीसहित विभिन्न जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै पाल्पा, पर्वत, दाङ, नवलपरासीलगायतका जिल्लामा पनि ठूलो पानी परिरहेको छ । लगातार पानी परिरहेका तथा जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन मौसमविद्को आग्रह छ ।

गएराति पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी पर्यो । नदी तथा खोलाखहरेमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न ठाउँमा झरी कायमै रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्