राजनीति

एमाले संसदीय दलको बैठक बस्दै

२३ असार २०८१, आईतवार ०१:४३
एमाले संसदीय दलको बैठक बस्दै

२३ असार,काठमाडौं। नेकपा एमालेकां संसदीय दलको बैठक आज बस्दैछ ।

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । एमाले संसदीय दलको बैठक आइतबार बिहान १० बजे संसद भवनमा बस्दै छ ।

संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउनेछन्।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत सोमबार राति राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो। समझदारीअनुसार एमाले अध्यक्ष ओलीले पहिलो चरणमा सरकारको नेतृत्व गर्नेछन्। कांग्रेस—एमालेबीच निर्वाचन प्रणाली र शासकीय पद्धतिमा सुधार गरेर राजनीतिक स्थायित्व दिने विषयमा सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्