राजनीति

रास्वपाले महामन्त्री डा मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी

१९ असार २०८१, बुधबार १६:३६
रास्वपाले महामन्त्री डा मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी

१९ असार,काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक पार्टी कार्यालय चःमतिमा बुधबार बसेको  छ।

पार्टी अनुशासनभन्दा बाहिर रहेर बोलेको भन्दै रास्वपाले ढकाललाई कारबाही गर्न लागेको हो।आजै केहीबेरअघि स्थगित भएको केन्द्रिय समिति बैठक सुरु भएको छैन। सो बैठकबाट महामन्त्री ढकाललाई कारबाही गर्ने तयारी रास्वपाले गरेको हो। जसका लागि अहिले पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

प्रतिवेदनमाथि धारणा राख्ने केन्द्रीय सदस्यले महामन्त्री डा. ढकालको कार्यशैलीमाथि प्रश्न उठाएको सहप्रवक्ता मनिष झाले बताए।

‘अहिले प्रतिवेदन वाचन मात्र भएको छ। त्यसको अपनत्व लिने, कार्यान्वयनमा लैजाने वा नलैजाने कुरा छलफल हुन बाँकी रहेको छ। तर अहिलेसम्म बोल्नु भएका केन्द्रीय सदस्यहरूले उहाँको प्रतिवेदन र प्रतिवेदन ल्याउने तरिकाप्रति खासै सकारात्मक छैनन्। उहाँको व्यवहारले गर्दा अन्तरवस्तु छायामा पर्‍यो,’ उनले भने।

‘उहाँले अहिले बैठकबाट निस्किएर पार्टी विपरित झनै धेरै कुराहरू बोल्नुभयो, अनुशासन विभागले अब कारबाही नगरी हुँदैन भन्ने निष्कर्ष निकालेको छ,’ स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्