राजनीति

कांग्रेस–एमालेको सरकार बन्नु लोकतन्त्रका निम्ति खतरा : नेकपा एस

१८ असार २०८१, मंगलवार ०७:३९
कांग्रेस–एमालेको सरकार बन्नु लोकतन्त्रका निम्ति खतरा : नेकपा एस

१८ असार,काठमाडौं।  नेकपा एकीकृत समाजवादीले कांग्रेस–एमालेको सरकार बन्नु लोकतन्त्रका निम्ति खतरा रहेको बताएको छ ।

प्रारम्भिक प्रक्रिया दिँदै नेकपा एसले कांग्रेस–एमाले सत्ता गठबन्धनलाई चरम अवसरवादको संज्ञा दिएको हो । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको टिप्पणी गरेका हुन् ।

नेकपा एस दशौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त छ। महाधिवेशनस्थलबाटै नेता खतिवडाले भने, ‘संसद्का ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम मात्र हो।’

नेकपा समाजवादीले यसलाई लोकतन्त्रका निम्ति पनि खतराका रूपमा औल्याएको छ। नेता खतिवडाले संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा पनि अमान्य रहेको बताए।

‘बहुदलीय राजनीतिको अपचलन संस्कृति हो । मुलुकलाई अस्थिरताको चक्रव्यूहमा फसाउने काम हो,’उनले भने, ‘दुई ठूला दल मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो । यो लोकतन्त्रका निम्ति पनि खतरा हो । प्रणालीलाई कमजोर पार्ने काम भएको छ ।’

सत्ता सम्झौतालाई लिएर संविधानको मर्म विपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा अस्वीकार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्