राजनीति

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

१८ असार २०८१, मंगलवार ०६:३०
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

१८ असार,काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जाने भएका छन्।  विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न जान लागेका हुन्।

आजै बिहान नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री प्रचण्ड शीतल निवास जान लाग्नुभएको हो ।

बैठकले प्रधानमन्त्रीले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ । पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिने र संसदबाट विश्वासको मतको सामना गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्