madhesh

आजको मौसम: पहाडी भू-भागमा आंशिक बदली

१९ जेष्ठ २०८१, शनिबार ०२:१२
आजको मौसम: पहाडी भू-भागमा आंशिक बदली

१९ जेठ, काठमाडौं। नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बंगालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ।

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश एक-दुईस्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भैरहेको छ ।

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ् हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्या्ङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।

आज राति कोशी, मधेश, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्