संखुवासभामा भारतीय सहयोगमा विद्यालय भवन शिलान्यास



२७ चैत, काठमाडौँ। भारतले नेपालको सङ्खुवासभामा एक सामुदायिक विद्यालय भवको शिलान्यास गरेको छ ।

नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको चार करोड दुई लाख ९ हजार आर्थिक सहयोगमा संखुवासभाको चिचिला गाउँपालिका– ३ मा विद्यालय भवन निर्माण हुने भएको छ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो । भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले उक्त विद्यालय भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति थियो।

विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने विद्यालयको लक्ष्य छ । नेपाल र भारत सरकारबीच भएको सम्झौताअन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा संखुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ।

भारतीय राजदूताबासका अनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना छन् जसमा २ वटा परियोजना संखुवासभामा छन्।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस संखुवासभा जिल्लालाई उपलब्ध गराइएको छ।

विद्यालयको आय आर्जनका लागि ३३ पोखरी अध्ययन (पोखरी परिचयसहित)

बिषय शिक्षकको रुपमा परामर्श कार्यमा सहभागी हुने शिक्षकहरुले प्रारम्भिक चरणमा तोकिएको पोखरी केन्द्रमा

आगामी वर्षबाट शिक्षकले मासिक रुपमा तलब पाउने

यस्तै, विद्यालय शिक्षक बन्न अब शिक्षाशास्त्र अध्ययन गर्नैपर्ने बाध्यता हटाउने तयारी पनि गरिएको

कर्मचारीले ६ महिनादेखि तलब पाएनन्

एघारदेखि अठार वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन

उत्तरपुस्तिका हराएको बारे उच्चस्तरीय छानबिन समिति

प्रतिवेदन प्राप्त भएपछि कार्यकारी परिषद्ले उत्तरपुस्तिका हराएको विषयमा आवश्यक निर्णय लिने जनाइएको छ ।

 सामाजिक सञ्जालमा हामी