रामचन्द्र आचार्यको आत्मकथा



काठमाडौँ। मानिस जन्मले होइन उसको कर्मले महान बन्दछ भन्ने चिन्तन राख्ने एक महान समाजसेवी रामचन्द्र आचार्यको परिवार एवं समाज उन्नतमा अहम भुमिका रहेको छ ।

जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सिर्जनशील कर्म गर्न सक्ने एक महान व्यक्ति रामचन्द्र आचार्य को जीवनकाल दुःखपूर्ण बित्यो । असल काम, सकारात्मक सोच, मर्यादित व्यवहार अनि लगनशीलताको परिणाम सन्तोषजनक हुन्छ भन्ने मान्यता भएको स्वर्गिय श्री रामचन्द्र आचार्य को जन्म वि. सं.२०२३ /१० /२७  गते कालिकोट जिल्ला खाडाचक्र नगरपालिका वडा नम्बर ४ (साविक मान्म गाविस वडा नम्बर ६ ) बद्रिगाउ मा भएको थियो। पिता अनन्त आचार्य र माता सुराता आचार्य को जेष्ट सुपुत्र रामचन्द्र आचार्य को बाल्यकाल सुख सयलको स्पर्श नगरी रोदन मा नै बित्यो ।

जन्म र कर्मथलो बद्रीगाउ बनाउनु भएको रामचन्द्र आचार्य बाल्यकाल देखि नै सरल, सभ्य, अनुशासन, कर्तव्यनिष्ट, उर्जाशील, धैर्य,मेलमलापी, परोपकारी, साँचो बोली,सदव्यवहार, साहसी, अहिंसा,सत्यता, अनि इमानदारिता आदि जस्ता थुप्रै  बिशेसताहरु थिए । उहाँ एक गरीब किसान परिवारमा जन्मनुभएको ले जीविकोपार्जन का निमित्त निकै सङ्घर्ष गर्नुपर्थ्यो। उहाको सङ्घर्षको गतिलाई नीहाल्नेहो भने आँखा भरी आँशु गह भरी रोदन मात्र हुनेछ ।

गरिबीको कारण उहाँ ११ वर्षको बालक उमेरमा आफ्नो बुवा सङ्ग धन कमाउन भारत जानुभएको थियो। धन कमाई केही समयपछि घर फर्किनुभयो। घरमा पनि कामको  निकै चाप थियो , घरको जेठो सुपुत्र भएको कारण घर खर्च चलाउन निकै मेहनत गर्नुपर्थ्यो। अनि अलि गर्दै कक्षा ५ सम्म सामान्य शिक्षा लिनुभयो । उहाँ दिनमा घरको काम गरी साँझपख तिला नदीमा माछा मार्न जानुहुन्थ्यो ।

एक दिनको कुरा हो १४ वर्षको उमेरमा उहाँ र उहाँको भाई पर्ने एक जना माछा मार्न जानुभयो । माछा मार्नलाई तिला नदीको काठको पुल पार गरी अर्को छाल बाट जाल हाल्न जाँदै गर्दा पुल नै भाचियो दुवैजना बीच नदीमा खस्नुभयो । यसो त्यसो उहाँ त्यो नदीको ढुंगामा चढ्नुभो । मानिस ले त्यो खबर थाहा पाएपछि सबैजनाले बग्नुभयको उहाँको भाई लाई खोज्नुभयो पुष मनिना बेलुकीको समय थियो ।

धेरै बेर सम्म खोज्दै गर्दा कतै भेट्टीनु भयन। बगेको उहाको भाई नभेटिएपछि गाउँका मान्छेले रामचन्द्र आचार्य को हालत के कस्तो छ भनी डोरी ढाडमा बाँधेर जानुभयो । उता उहाँ पुसको चिसो अनि माथिबाट खसेको चोटले  बेहोस हुनुभएको रहेछ । त्यसपछि गाउका सबै जनाले बोकेर घर पूर्याउनुभयो । तातोले धेरै समय सम्म सेकाउनु भयो पछि तिर उहाँको होस् पनि आयो । त्यस पछि उहाँ बिस्तारै सामान्य अवस्था मा फर्किनुभयो ।

सङ्घर्षका विभिन्न कालखण्ड पार गर्दै केही समय कृषि, पशुपालन तथा जग्गा जमीन बनाउन मा बित्यो । त्यसपछि कहिले पैसा कमाउन भारत त कहिले नुन लिन राजापुर अनि गाउँमा कृषि गर्नु भयो । यसरी समय बित्दै गयो त्यतिबेला सम्म उहाँको २ छोरी अनि १ छोरा जन्मिसकेका थिए । त्यही समयमा भाइहरू पनि छुटिनुभयो ।

जीविकोपार्जन का निमित्त नया उपाए अनि नयाँ बाटो रोज्नुपर्यो । जुम्ला र कालिकोटको अधिकांश मानिसहरु हिड्ने ठाउँ कालिकोट- जुम्ला जोड्ने रोड मोछेनिमा गास, वास तथा खाजाको उचित व्यवस्था सहित को होटल सञ्चालन गर्नुभयो। होटल सङ्ग संगै २ वटा भैँसी ४० ओटा जती बाख्रा पालन गर्नुभएको थियो। होटल फस्टाउँदै थियो कमाई पनि राम्रै थियो ।

अब सुखका दिनहरु फर्किएको अनुभूति गर्दै हुनुहुन्थ्यो तर निधारमा सुख र सन्तुष्टि नलेखिएको रहेछ। एक दिनको कुरा हो बेलुकी भइसकेको थियो, घरका सबै जना कामबाट घर फर्किनुभयो र खाना पकाएर खान लाग्नुभएको थियो एक जना बटुवा बास माग्दै आयो । यता उता न कतै घर न होटेल थिए ।

रामचन्द्र आचार्य को श्रीमतीले बास दिन अस्वीकार गर्नुभयो तर त्यो सुनेपछि उहाँ आफै बाहिर आई यतै बसौला यता उता जाने ठाउँ छैन भनी बास दिनुभयो । त्यतिबेलासम्म रातको ११ बजिसकेको थियो उहाँको आमाले खाना खान लाग्नुभयो त्यो दिन भैंसीले पनि दूध दिएनन् छन तरकारी सित खाना खान मन नमानी नमानी खादै हुनुहुन्थ्यो त्यो बटुवाले आमा भेलिसित(गुड ) रोटी खानुस् मैले भेली ल्याएको छु भन्यो ।

उहाँको श्रीमती ले बेलुकी आएको मान्छेको हातको खानेकुरा खानुहुन्न नखानुस् भन्नुभयो तर पाहुनाले दिएको खानेकुरा अस्वीकार गर्नुराम्रो हुन्न म पनि खान्छु आमा नी खानुहुन्छ भनी रामचन्द्र आचार्य ले भन्नुभयो र दुवैजनाले खानुभयो । त्यतिबेला सबै जना भान्सामा खाना खानुहुन्थ्यो ।

उहाको जेठी छोरी ७ वर्ष, माइलो छोरी ४ वर्ष ४ महिना र जेठो छोरा २ वर्ष ६ महिनाको थिए उनीहरुले खाना खाएर सुतिसकेका थिए। त्यो भेलीमा विष मिसाएको रहेछ , भेलि खाइसकेपछि दुवै जना आमा र छोरा बेहोस हुनुभयो, त्यसपछि उहाँको श्रीमती लाई नी खान कर गर्यो जती कर गर्दा नी खान मान्नुभएन । कत्ति धम्की दियो यति गर्दा नी खानुभएन उहाँले आफन्त लाई भनेर तेरो के हालत गर्छु, बेलुकी बास बस्न आउने अनि हामीहरूलाई मार्न खोज्ने तेरो हामीहरूले के बिगारेको छौं भनेर बरु जे लिनुछ लग मेरो श्रीमान्, सासुआमा दुवै जनालाई उपचार गर्न जान्छु मलाई छाडिदे भनी कत्ति हारगुहार गर्नुभयो।

तर त्यो पापी निर्दयी गुण्डाले मानेन अब अत्ति भो म तेरो अगाडि सबैजना लाई खुकुरीले काटिदिन्छु भनी खुकुरी देखायो , अनि उहाँको श्रीमती ले उहाँहरुलाई केही नगर्नु बरु म खान्छु भनेर त्यो बीस मिसाएको भली जे जसरी खान भनेको छ त्यसरी खानुभयो । त्यसपछि उहाँ पनि बेहोस हुनुभयो, त्यो गुण्डाले पैसा राख्ने बाकस फोडेर त्यतिबेलाको करिब ४००००(चालिस हजार) जती पैसा, १००/१०० पिस भएको चाँदीको २ वटा माला, ब्याट्री लगायत गरगहना सबै लुटेर लग्यो । भोलिपल्ट बिहानै करिब ५ बजेतिर उहाँको एकदम मिल्ने मान्छे भतिज पूर्ण आचार्य कुनै काम विशेषले आउनुभो ।

कत्ति विउँझाउनुभो कोही उठेनन् , त्यो देख्दा उहाँ डराउनुभो अब सबैजना मरिसके बालबच्चा मात्र रहे अब के गर्ने कसो गर्ने सोच्नुभो । त्यो होटेल वरिपरि कुनै घर अनि मानिसहरु पनि थिएनन् । उहाको गाउँ जान करिब दुई ढाइ घण्टा लाग्थ्यो , उहाँ पूर्ण आचार्य हतारहतार गरेर हेन्ने भन्ने ठाउँ आई गाउँको मान्छे लाई बोलाउनुभो । बोलाए पछि गाउँका सबै जना मानिस तेता पुग्नुभो हतारहतार उपचारको लागि बोकेर जिल्ला अस्पताल तिर लग्नुभो। करिब तीन घण्टा पछि अस्पताल पुगी उपचार अगाडि बढाउनुभयो , उपचार गरेको करिब ४ घन्टा पछि अलिअलि सबैजना होस् मा आउनुभयो , हुँदाहुँदा सबै निको हुनुभो ।

उपचार गरी गाउँको घर आउनुभयो , छोराछोरी लाई गाउँको मानिसहरूले लिएर आउनुभयो । भैँसी बाख्रा सबै बेच्नुभयो त्यसपछि फेरि गाउँमा नै कृषि व्यवसाय गर्नुपर्यो । २०५६ साल जेठ १६ गते कान्छो छोराको जन्म भयो, त्यसपछि सन्तान पनि बढ्दै गए जिम्मेवारी पनि बढ्दै गयो । केही समयको अन्तराल फाल्गुन मा राजिखेत मा घर लगाउनुभयो । केही समय त्यतै कृषि तथा पशुपालन पेशा गरी बस्नुभयो । समयको विकासक्रमानुसार छोराछोरी हुर्कदै गए अनि छोराछोरीको पढाइको लागि अर्को विकल्प खोज्नु पर्ने भयो । बजार मा आफ्नै घर थियो , केही समयपछि त्यो घरमा खाद्द खुद्रा पसल राख्नु भयो । केही समय सम्म व्यापार सन्तोषजनक नै भयो , कमाई राम्रै भयो , छोराछोरीहरु बालमन्दिर स्कूल मा पढ्न थाले ।

समय बित्दै गर्दा सङ्कटकाल घोषणा भयो अनि समान लिन अनि आवजात गर्न रोक लाग्यो त्यसपछि पसल सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भयो । पसल पनि बन्द गर्नुपर्यो , जीविकोपार्जन अनि आयआर्जन का निमित्त नयाँ कार्य गर्नुपर्यो । धेरै बाधा अवरोध उत्पन्न भयो अन्तिम मा गाउँमा फर्निनुभयो। गाउँमा कृषि तथा पशुपालन गर्न बाध्य हुनुभयो । छोराछोरीहरु हुर्कदै गए उनीहरूको उच्च शिक्षाको लागि घर बाट बाहिर जानुपर्ने भयो । दुवै जना छोरी ले बिहे पनि गरिन् २ छोरा पढ्न काठमाडौं गए घरमा दुवै बुढाबुढी मात्र एक्लै रहनुभयो । गाउँमा बाख्रा पालन, कृषि, पशुपालन तथा तरकारी खेती गर्नुहुन्थ्यो । केही समय गाउँमै बस्नुभयो केहि समय पछि सुर्खेतमा फलफूल अनि कपडा व्यापार गर्नुभयो ।

जेठो छोराको HA पढाइ सकियो अनि छोराले बाबा आमा लाई गाउँ तिर व्यापार गर्नुस् भन्दा गाउँ फर्किनुभयो। अनि तेस्रोबजार तिर फेन्सी पसल सञ्चालन गर्नुभयो, फेन्सी पसल पनि केही समय सम्म राम्रै चल्यो । बिस्तारै बिस्तारै व्यापार पनि घट्दै गयो अनि आफ्नै व्यापार गर्ने घर अनि कुखुरा पालन को लागि कुखुरा खोर पनि निर्माण गर्नुभयो ।

जेठो छोरा आधारभूत स्वास्थ्य सेवा केन्द्र चिउरेला मा करार मा जब गर्थे अनि कान्छो छोरा काठमाडौं मा पत्रकारिता गर्थे । केही समय पछि जेठो छोरा स्थाइ भए घरको सबै मावल राम्रै थियो उहाँ पनि खुशी हुनुहुन्थ्यो । तर पनि सङ्घर्ष गर्न छोड्नुभयन , आफ्नो फेन्सी अनि खुद्रा पसल र कुखुरा पालन व्यवसाय हुँदा हुँदै पनि अझै पैसा कमाउनुपर्छ, छोराछोरीको उज्वल भविष्य निर्माण को निमित्त पछि हट्नुहुन्न भनी बेला बेला भारी बोकेर दुलाउ व्यापार पनि गर्नुहुन्थ्यो ।

बेलाबेला छोराहरूलाई थाहै नदिई सुटुक्क डुलाउ व्यापार गर्न सुर्खेत जानुहुन्थ्यो । छोराहरूले बाबा अब बसेर खाने समयमा किन दुःख कष्ट गर्नुहुन्छ हामी पनि आफ्नो खुट्टामा उभिसकेऊ हामीलाई सबै कुरा पूर्याइसक्नु भयको छ अब हामीलाई केही चाइदैन भन्दा उहाँ ले म अझै काम गर्न सक्छु मलाई केही दुःख लाग्दैन/ छैन तिमीहरू आफ्नो ख्याल गर्नु केही वर्ष म पनि सङ्घर्ष गर्छु ।

म बाचुन्जेल तिमीहरूलाई केही कुराको कमी हुन दिन्न म बसेर खान पनि त सक्दैन अनि तिमीहरूलाई ऋण लगाएर खान बस्न म सक्दैन । म केही बिरामी भएको भए, म केही गर्न नसक्ने भएको भए तिमीहरूले मलाई केही भन्नुपर्थेन म आफै बसेर खान्थे नी । तिमीहरू मेरो र तिम्रो आमाको केही चिन्ता नगर्नु बरु तिमीहरूलाई केही समस्या पर्यो भने मलाई भन्नु जताबाट भए पनि म पूरा गरिहाल्छु । तर उहाँले छोराको कुरा मान्नु भयन, छोरालाई कमजोर भएको हेर्ने पटक्कै मन थिएन । जस्तो सुकै परिस्थितिको एक्लै सामना गर्ने हिक्मत राख्ने एक महान नैतिकवान् व्यक्ति रामचन्द्र आचार्य हुनुहुन्थ्यो ।

उहाँ परिवारका कुनै सदस्यको अलि मात्र टाउको दुख्यो भन्ने बित्तिकै नेपालगञ्ज, सुर्खेत पुर्याई उपचार गर्नुहुन्थ्यो । कत्ति महान हुनुहुन्थ्यो उहाँ तर विडम्बना उहाँको परिवारलाई सदासदा उभोगती लगाउन भगवान ले समेत दियन । व्यापार गर्ने कहिले सुर्खेत जानुहुन्थ्यो अनि केही समय तेस्रो बजारको फेन्सी पसल मा बस्नुहुन्थ्यो । यसरी आवत जावत गर्दै गर्दा पुष २७ गते सुर्खेत व्यापार गर्न जानुभयो । सुर्खेत गएपछि दिनमा १ पटक घर परिवार को सबै जनालाई फोन मार्फत कुरा गर्नुहुन्थ्यो । तेस्रो बजार व्यापार सन्तोष जनक नभएको ले के गर्ने कसो गर्ने भनी छोराहरुसित छलफल भइरहन्थ्यो ।

जेठो छोरोले अब बाबा आफ्नै गाउँको घर मा बस्नुस् कृषि फर्म दर्ता गराम्ला कतै योजना हाल्न सकियो भने राम्रै हुन्छ । उहाँले पनि सहर्ष स्वीकार गर्नुभएको थियो । २०८० साल फाल्गुन २८ गते जेठो छोरा सित छोरा तिमी सुर्खेत आउँछु भन्थ्यौ कहिले आउछौ भनेर सोध्नुभएको थियो । बाबा म ८-९ गते तीर आउँछु बरु हजुर कालिकोट कहिले जानुहुन्छ भनेर छोराले सोध्यो । फेरि उहाले त्यसो भए म तिमी यता आएपछि भेट गरेर घर फर्किन्छु मलाई तिम्रो धेरै मायाँ न्यास्रो लागेको छ । छोराले नी भन्यो बाबा हुन्छ त्यसपछि म पनि घर जान्छु मम लाई नी भेटेर डोल्पा जानेछु मलाई हजुरहरू दुवै जनाको एक दम याद आइरहन्छ, हजुर सित टाढा हुँदा एक्लो महसुस गरिरहन्छु ।

उहाले नी भन्नुभयो धर्म अनि कर्म गर्नुपर्छ भाग्य हाम्रो राम्रो हुँदै गएको छ सबै बाँच्नुपर्छ भाई र तिम्रो भाइबुहारिलाई पनि नयाँ वर्षमा बोलाउला अनि नया वर्ष रमाएर मनाउला धेरै भयो सबै जना बसेर नयाँ वर्ष सङ्गै नमनाको छोराले नी हुन्छ बाबा भनेर फोनमा कुराकानी भएको थियो । फागुन २९ गते पनि जेठो छोरा सित कुरा भएको थियो, त्यो दिन छोरा दुनै आएको थियो , दुनै बाट तिम्रो कार्यक्षेत्र जादा एकदम होसिय सित जानु है छोरा भन्नुभएको थियो । त्यो बेलुकी व्यापार गरी घारिघर भन्ने ठाँउ फर्किनुभयो अनि त्यहाँ एक होटल मा सधैँ बस्नुहुन्थ्यो । बेलुकी खाना खानुभयो खाना खाएर सुत्ने समयमा आफ्नो श्रीमती लाई प्रदेश आवाज मा म आउँछु सुन्नु है भन्नुभयो । अनि प्रदेश आवाज एफ एम मा आई एकल गीत गाउनुभयो गाई सकेपछि कस्तो थियो भनी सोध्नुभयो । उहाँको श्रीमती ले केहिराम्रो थिएन कलाकार भएजस्तो भनी जिस्किनुभो ।

अनि उहाँले नी भन्नुभो आफ्नो श्रीमान् लाई त्यस्तो नी भन्ने होत लाटी भनी जिस्किनुभो , जिस्किदाँ जिस्किदा अन्य भलाकुसाली गर्नुभयो । लामो समयसम्म करिब रातको ११ बजेसम्म कुराकानी भयो त्यसपछि निन्द्रा लाग्यो होला अब तँ सुत म नी सुत्छु भोलि पर्सी म समान हाल्न जान्छु भन्नुभयो । अनि दुवैजना सुत्नुभयो , उहाँसित दुई जना आफन्त पनि व्यापार गर्न जानुहुन्थ्यो । उहाँ माथिल्लो कोठामा सुत्नुभयो अनि दुई जना तल्लो कोठामा सुत्नुभयो । उहाँको बिहानै उठ्ने बित्तिकै चिया खाने आदत थियो । सधैँ बिहानै उठ्ने मान्छे चीया खान आउने मान्छे आज किन आउनुभएन भनेर बोलाउन आउनुभयो ।

उठाउन जाँदा उहाँ सदाका लागि निदाइसक्नुभयको रहेछ । अलि अलि सरिर तातो थियो  नाडी अलिअलि चलिराको थियो त्यतिबेला नै गाडी रिजर्भ गरी सुर्खेत अस्पताल तिर लग्दै गर्दा बाटोमै सदाका लागि अस्ताउनुभयो । उहाँले आफ्नो जीवनकालमा घरपरिवारका कुनै सदस्यहरुलाई कहिल्यै दुःखको अनुभूति गर्ने अवसर दिनुभएन तर आफूले कहिल्यै सुखको अनुभूति गर्नु भयन । सबैको बाबा होस् त यस्तै होस् भगवान सित प्रार्थना गर्छु कि सबैको बाबाको आयु चिरस्थायी होस् ।

राष्ट्रियसभा उम्मेदवारको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा पहिले ३ दलको बैठक

राष्ट्रकवि घिमिरेको स्मृतिमा अक्षयकोष स्थापना

पुरस्कार वितरणका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गर्ने भएको छ । उक्त

मोती जयन्ती आज, विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइँदै

यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा

आजदेखि बीपी साहित्य महोत्सव

तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने

 सामाजिक सञ्जालमा हामी