karnali

कर्णाली पुलमाथि गुडिरहेकाे ट्रकमा आगलागी

२८ फाल्गुन २०८०, सोमबार १६:००
कर्णाली पुलमाथि गुडिरहेकाे ट्रकमा आगलागी

२८ फागुन, काठमाडौँ। कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ ।

वीरगन्जबाट महेन्द्रनगर आउँदै गरेकोे ना. ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको हो। ट्रकमा एक करोडभन्दा बढी मूल्यबराबरको लाइटर रहेको चिसापानी प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिकाको दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो लाग्नुको कारण भने खुलेको छैन।

ट्रकमा एक्कासि लागेको आगो फैलिँदै जाँदा पुलका लट्ठामा समेत आगो फैलिएको छ। आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्