क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय



१५ फागुन,काठमाडौँ ।  नेपाल क्रिकेट संघ क्यानले क्रिकेट खेलाडीलाई मासिक एक लाख रूपैयाँसम्म तलब दिने भएको छ।

क्यानको १२ र १४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले खेलाडीहरुको बर्गीकरण गर्दै उनिहरुको समेत तलव निर्धारण गरेको छ । क्यानले गरेको नयाँ बर्गीकरण अनुसार ग्रेड ए देखि डीसम्म समावेश गरिएको छ । क्यानले निर्धारण गरेको वर्गिकरणमा परुष तर्फ ३० जना खेलाडी समावेश भएका छन् भने महिला तर्फ १९ जना समावेश भएका छन् ।

ग्रेडअनुसार ए ग्रेडका खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउनेछन् । यस्तै, क्रमशः बी ग्रेडका खेलाडीलाई ७०, सी का लाई ५५ र डी ग्रेडका खेलाडीलाई ३५ हजार तलब निर्धारण गरिएको क्यानले जनाएको छ । यस्तै इमर्जिङ क्याटोगरिका खेलाडीलाई २५ हजार मासिक तलब निर्धारण गरिएको छ ।

महिलातर्फ ए ग्रेडका खेलाडीलाई ५० हजार, बी ग्रेडका खेलाडीलाई ३५, सी ग्रेडका लाई ३० तथा डी ग्रेडका महिला खेलाडीले २५ हजार तलब निर्धारण गरिएको छ । महिलातर्फका इमर्जिङ क्याटोगरिका खेलाडीलाई मासिक २० हजार तलब निर्धारण गरिएको छ ।

पुरुषतर्फ ग्रेड ए मा परेका खेलाडीः रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आशिफ सेख र कुशल भुर्तेल
ग्रेड बीः कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित राजवंशी, आरिफ शेख र अविनाश बोहरा
ग्रेड सीः बिनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिस जी.सी.
ग्रेड डीः पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ
इमर्जिङ क्याटोगरिः दिपेश कँडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देव खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सूदुरपश्चिम) ।

महिलातर्फको ग्रेड एः इन्दु वर्मा, रुविना क्षेत्री, सीता राना मगर
ग्रेड बीः कविता कुँवर
ग्रेड सीः पुजा महतो, अश्मिना कर्माचार्य
ग्रेड डीः अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल
ईमर्जिङ क्याटोगरिः सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का र सना प्रविन

 

लोयल्टीद्वारा उपविजेता महिला फुटबल टोली सम्मानित

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख

नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।  आईसीसी

नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि

नेदरल्यान्डसका लागि ओपनर माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा साइब्रान्ड एंगलब्रेचले ४८

उपाधिका लागि आयोजक र आर्मी भिड्ने

बिहीबारको खेलमा आर्मीका दीपकुमार लामा प्लेयर अफ दी म्याच घोषित भए। उनलाई फिदिम

 सामाजिक सञ्जालमा हामी