लघुवित्त पीडित संसद भवन प्रवेश गरेको विषयमा छानबिन गर्न समिति गठन



१५ फागुन,काठमाडौँ ।बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ ।

प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

समितिमा काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य छन् । सोमबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बैठक चलिरहेका बेला लघुवित्तका पीडितहरू परिसरमै पुगेका थिए।

समितिलाई लघुवित्तका ऋणीहरु कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको बाताइएको छ।

सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यास ब्याक योजना सार्वजनिक

साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको

सनम कठायतको नयाँ म्युजिक भिडियो ‘के छ मनैमा’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका अनु चौधारी र हरि कैनीको स्वर रहेको नयाँ गीत’

गृहमन्त्री लामिछानेद्वारा सशस्त्र प्रहरीको गोदाम आगलागी स्थलको निरीक्षण

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले विद्युत् चुहावट भएर आगो लागेको प्रारम्भिक जानकारी

संखुवासभामा भारतीय सहयोगमा विद्यालय भवन शिलान्यास

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल,

 सामाजिक सञ्जालमा हामी