तेस्राे टेस्टमा भारतले इङ्ल्यान्डलाई ४ सय ३४ रनले हरायाे



६ फागुन, काठमाडौँ। इङ्ल्यान्डसँगकाे तेस्राे टेस्ट क्रिकेटमा भारत ४ सय ३४ रनकाे फराकिलाे  अन्तरले विजयी भएकाे छ । टेस्ट क्रिकेटमा रनकाे आधारमा भारतकाे याे सबैभन्दा ठूलाे जित हाे ।

जितको लागि ५५७ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङमा १२२ रनमा अल आउट भयो । इंग्ल्यान्डका मार्क वुडले १५ बलमा ६ चौका र १ छक्कासहित ३३ रन बनाउँदै टोलीको १ सय रन कटाएका थिए । जो रुट ७, जोनी बेयरस्टो ४ र बेन स्टोक्स १५ रनमा आउट भए ।

भारतले ४ विकेट गुमाएर ४ सय ३० रन बनाएकाे अवस्थामा दाेस्राे इनिङ्स सकिएकाे घाेषणा गरेकाे थियाे । दाेस्राे इनिङ्समा भारतका यशस्वी जयसवालले दाेहाेराे शतक बनाए । यस्तै शुभमन गिलले ९१, सरफराज खानले नट आउट ६८ रन बनाए । इङ्ल्यान्डका जाेए रुट, टम हार्टली र रेहान अहमदले समान १ विकेट लिए ।

पहिलाे इनिङ्समा भारतले कप्तान राेहित शर्मा र रविन्द्र जडेजाकाे शतककाे मद्दतमा ४ सय ४५ रन बनाएकाे थियाे । इङ्ल्यान्डका मार्क वूडले ४ विकेट लिए । पहिलाे इनिङ्समा इङ्ल्यान्डले बेन डकेटकाे शतककाे मद्दतमा ३ सय १९ रन बनाएकाे थियाे । भारतका माेहम्मद सिराजले ४ विकेट लिए ।

लोयल्टीद्वारा उपविजेता महिला फुटबल टोली सम्मानित

सो अवसरमा पूर्वमन्त्रीसमेत रहेका थापाले पछिल्ला समय नेपालमा महिला फुटबलले सफलता पाइरहेको उल्लेख

नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ।  आईसीसी

नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले जित्यो उपाधि

नेदरल्यान्डसका लागि ओपनर माइकल लेभिटले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा साइब्रान्ड एंगलब्रेचले ४८

उपाधिका लागि आयोजक र आर्मी भिड्ने

बिहीबारको खेलमा आर्मीका दीपकुमार लामा प्लेयर अफ दी म्याच घोषित भए। उनलाई फिदिम

 सामाजिक सञ्जालमा हामी