संविधानमाथि कैयौ कोणबाट प्रहारहरू भइरहेको छ : महामन्त्री थापा



२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको संविधानमाथि धेरै कोणबाट प्रहार भइरहेको बताएका छन् ।

शुक्रबार आयोजित नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनमा बोल्दै उनले देशको संविधानमाथि कैयौँ कोणबाट प्रहारहरू भइरहेको भन्दै अस्वाभाविक रुपमा नलिई संविधानमाथि प्रहारहरू कहाँबाट भएको छ त्यसलाई चिनेर चिर्नुपर्ने बताए ।

उनले भने, ‘आज हामीसँग यो संविधान छ, यसलाई कैयौ कोणबाट आक्रमण भइरहेको छ । यसलाई हामी धेरै अस्वाभाविक पनि नमानौं । नेपालमा मात्र होइन, हामी एउटा चरणमा गएर यो आक्रमणहरू सकिन्छ र एकैपटक हाम्रो यात्रा सहज हुन्छ भनेर अनुमान पनि नगरौं । अप्ठ्यारोहरू आउँछन्, त्योसँग जुद्धै जाने हो । चिन्ने र चिर्ने पनि हो । संविधानमाथि प्रहारहरू कहाँबाट आएका छन् । एउटा कोण छ आक्रमण गर्ने त्यो नयाँ पात्र हामीले नचिनेको होइन । हामीले नहराएका पनि होइन । ३ हातबाट खोसेर जनताले यो संविधान बनाएको हो । त्यो पुनर्उत्थान प्रवृत्ति हिजो पनि थियो, आज पनि छ । हामीले चिन्नुपर्छ ।’

संविधान मानेको जस्तो देखिने र निर्वाचनमा भाग लिएको जस्तो गर्नेहरूबाट नै संविधानमाथि प्रहार हुने गरेको उनले बताए ।

एकीकृत समाजवादीले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा तनहुँ

सरकारले भूकम्प प्रभावितको पुनः निर्माणमा आवश्यक चासो नै दिएन : शर्मा

उनले भौतिक संरचनाहरु क्षतविक्षत भएका, पानीको मुल सुकेको, विद्यालयहरु क्षतविक्षत भएको, विद्युत लाइन

नेकपा (एस)द्वारा स्थानिय जनप्रतिनिधलाई प्रशिक्षण कार्यक्रम

बजेट भए पनि हामीले नपाएको अवस्थामा जनतालाई कसरी खुसी बनाउने, कसरी जनता बीच

राष्ट्रियसभा उम्मेदवारको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा पहिले ३ दलको बैठक

 सामाजिक सञ्जालमा हामी