madhesh

मधेश प्रदेशले लुम्बिनीलाई दियो १७० रनको लक्ष्य

१४ माघ २०८०, आईतवार ०८:२०
मधेश प्रदेशले लुम्बिनीलाई दियो १७० रनको लक्ष्य

१४ माघ, काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई १७० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मधेश ४१.३ ओभरमा १६९ रनमा अलआउट भयो । मधेशका लागि अरनिको यादवले सर्वाधिक ३८ रन जोडे भने पवन सर्राफ र अभिषेक तिवारीले समान २६-२६ तथा मयन यादवले २२, अनिल साहले १६ रप्रदीप पासवानले १० रन थपे । मधेशले १८ रन अतिरिक्तमा पाएको थियो ।

मधेशलाई मध्यम गतिमा रोक्न लुम्बिनीका वीर मगरले चार तथा अभिषेक गौतमले तीन विकेट लिए । कृष्ण कार्की, निर्मल गुरुङ र महमद हुसेनको नाममा पनि समान एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्