पाथीभरामा एक महिनाको भेटी ३५ लाख



३ माघ,ताप्लेजुङताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ ।

पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

उनका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए । सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ ।

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम

पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न

“शेयर बजार भनेको अनुभव हुनेले पैसा कमाउने हो र पैसा हुनेले अनुभव कमाउने

आज नेप्से परिसूचक साढे ३० अंकले घट्यो

बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर माइ हाइड्रोपावर

नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

१६ माघ, काठमाडौँ। नेपाल एसबीआई बैंक र इसेवा मनि ट्रान्सफरबीच ग्राहकलाई लक्षित गरी

 सामाजिक सञ्जालमा हामी