नट बोल्ट नकसिएका कारण अमेरिकामा उडिरहेकाे विमानबाट झ्याल खसेकाे पाइयाे



२४ पुस,काठमाडौँ। अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएको घटनामा छानबिन हुँदा नट बोल्ट राम्रोसँग नकसिएको पाइएको छ ।

विमान बोइङ ७३७ म्याक्स ९ एसको निरीक्षणको क्रममा नट बोल्टहरु खुकुलो रहेको पाइएको निरीक्षणमा सहभागी युनाइटेड एअरलाइन्सले जनाएको छ ।

गएको शुक्रवार अमेरिकाको ओरेगनबाट ओन्टारियो गइरहेको अलास्का एअरलाइन्सको विमानमा हावाको प्रेसरले विमानको एक भाग भाँचिएर छुट्टिएको थियो । तर विमान सकुशल अवतरण भएको थियो । त्यसपछि युनाइटेड एअरलाइन्सले विमानको निरीक्षण गरेको हो ।

विमानले फेरि सेवा शुरू गर्नुपूर्व विमानका सबै पार्ट्सहरू जाँच गरिने एअरलाइन्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।  यो विमान निर्माण गर्ने बोइङ एयरलाइन्सले विज्ञप्ति निकालेर दुर्घटनाको बारेमा सचेत रहेको र आफ्ना ग्राहकबाट थप जानकारी लिइरहेको जनाएको छ।

पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइने

यसअघि नोभेम्बर २०२२ मा स्मिथलाई घातक विषादीको सुई दिएर मृत्युदण्ड दिने प्रयास गरिएको

इजरायलका प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु

यो सुनुवाइ अझै केही समय चल्ने अनुमान गरिएको छ । सन् २००७ देखि

गाजामा थप २४० जनाको मृत्यु : हमास

इजरायली सेनाले “विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ

हमास र इजरायलबीच ७ दिने युद्धविराम सकियो, युद्ध फेरि सुरु

यसअघि इजरायली मिडियाले देशको आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीको एक भागको रूपमा साइरन

 सामाजिक सञ्जालमा हामी