राष्ट्रियसभा उम्मेदवारको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक



२१ पुस,काठमाडौं। आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार तय गर्न बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्तारुढ चार दलबीच छलफल चलिरहेको छ ।

यसअघि आजै दिउँसो बसेको गठबन्धन बैठकले एमालेसँग सहकार्य नगरी गठबन्धन दलहरूबीच सिट बाँडफाँट गर्ने निर्णय गरेको थियो। आजै ४ दलबीच सहमति जुटाउने र सरकारमा सहभागी अन्य दलसहितको बैठक बसेर निर्णय लिइने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा पहिले ३ दलको बैठक बस्ने र फेरि साँझ ५ बजे सत्तारुढ अन्य दलसहित बैठक बस्ने तय भएको बताए । गठबन्धनले आज शनिबारै भागबण्डा टुंग्याउने प्रयास गरेको जनाइएको छ ।

सानेपामा कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न

चौथोपटक विश्वासको मत लिँदै प्रचण्ड

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै विहान १० बजे संसद भवन

संसदीय छानबिन समितिको टीओआरमा एमाले र कांग्रेसका आआफ्नै अडान

कार्यदलको बैठकपछि कांग्रेसको आन्तरिक बैठक बस्दै छ । सभापति शेर बहादुर देउवासँग छलफल

प्रतिनिधिसभा बैठक २ बजेलाई सारियो

यसैविच आज दिउँसो १ः१५ का लागि बोलाइएको राष्ट्रिय सभा बैठक पनि दुई घण्टा

 सामाजिक सञ्जालमा हामी