प्रदेश

लुम्बिनीमा महिला कर्मचारीलाई महिनावारी बिदा

२७ मंसिर २०८०, बुधबार ११:१६
लुम्बिनीमा महिला कर्मचारीलाई महिनावारी बिदा

२७ मंसिर,काठमाडौँ। लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् ।

प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’को व्यवस्था गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीका सूचना अधिकारी भूमिश्वर घिमिरेले बिदाको व्यवस्था ऐनले गरेको बताए । महिनावारी बिदा नयाँ व्यवस्था हो । ‘ऐनले महिनावारी बिदाबारे बोलेको छ,’ सूचना अधिकारी घिमिरेले लोकान्तरसँग भने, ‘अन्य बिदाहरू कटौती भएका छैनन् । कति दिन दिने, को–कोलाई दिने भन्ने कुरा नियमावली नआउँदासम्म थाहा हुँदैन । यो व्यवस्था संघमा पनि छैन ।’

प्रदेश निजामती सेवा विधेयक गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफावार छलफल भएर गएको भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ ।

हेर्नुहोस्, व्यवस्था :

null

प्रतिक्रिया दिनुहोस्