सुनचाँदीको मूल्यमा गिरावट



२० मंसिर,काठमाडौँ। बुधबार सुनचाँदीको मूल्यमा थप गिरावट आएको छ ।

हिजो सुन प्रति तोला २४ सय रुपैयाँले र चाँदी ४५ रुपैयाँले घटेको थियो । आज सुन थप आठ सय र चाँदी २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।

त्यस्तै,बुधबार चाँदी प्रति तोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि सोमबार इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

माओवादीले फेर्‍यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, को कहाँ?

कर्णाली प्रदेश इन्चार्जको जिम्मा कालीबहादुर मल्ललाई दिइएको छ भने सहइन्चार्ज तोक्न बाँकी राखिएको

कुशल मल्लले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट

उनले ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए ।

एकीकृत समाजवादीले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष तथा तनहुँ

क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय

 ग्रेडअनुसार ए ग्रेडका खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउनेछन् । यस्तै, क्रमशः बी

 सामाजिक सञ्जालमा हामी