बागलुङमा समृद्धिका लागि सङ्कल्पयात्रा दुई दिन



२० मंसिर,गलकोट । नेकपा (एमाले)ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बागलुङ आउने र भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ ।

अध्यक्ष ओली नेतृत्वकोे केन्द्रीय टोलीलाई स्वागत गर्न गण्डकी र लुम्बिनी प्रदेशको सीमाक्षेत्र बागलुङको पातिहाल्नेमा गण्डकी प्रदेशका एमालेका नेता पुगेका छन् । अध्यक्ष ओलीसहित एक सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ ।

बुधबार गलकोटसम्म हुने सङ्कल्पयात्रा बिहीबार दिउँसो बागलुङ जिल्ला सदरमुकाममा संवाद कार्यक्रम रुपान्तरण हुने एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसीले राससलाई बताए ।

सङ्कल्प यात्रालाई लक्ष्यित गरी पार्टीले १० स्थानीय तहका गाउँ तथा नगर र वडास्तरसम्म भेला आयोजना गरीसकेको छ । यहाँका कार्यक्रम सफल बनाउन पार्टीका सबै जनसङ्गठन परिचालन भएका छन् ।

जया कलेजमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

शेयरको प्रकार, शेयर लगानीका जोखिम, बजार मूल्य निर्धारण, सूचिकृत शेयर खरिद र बिक्री,

भारतीय क्रिकेट : यी हुन् डेढ करोडदेखि ११ करोडसम्म तलब भएका ३० खेलाडी

 साथै हाल टेस्ट टिममा रहेका सरफराज खान र ध्रुव जुरेलले इङल्याण्डविरुद्धको पाँचौं टेस्ट

माओवादीले फेर्‍यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, को कहाँ?

कर्णाली प्रदेश इन्चार्जको जिम्मा कालीबहादुर मल्ललाई दिइएको छ भने सहइन्चार्ज तोक्न बाँकी राखिएको

कुशल मल्लले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट

उनले ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए ।

 सामाजिक सञ्जालमा हामी