प्रवास

इजरायलका प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु

१९ मंसिर २०८०, मंगलवार ००:५४
इजरायलका प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु

१९ मंसिर,एजेन्सी। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद हिजोदेखि उनको मुद्दा फेरि सुनुवाइ शुरु भएको हो ।

इजरायलको दक्षिणपन्थी लिकुड पार्टीका नेता नेतन्याहूमाथि घूस, जालसाजी र विश्वासघातको आरोप छ । लिकुड पार्टीका मन्त्री डेभिड अम्सालेमले युद्धको समयमा प्रधानमन्त्रीमाथि लागेको मुद्दाको कारबाही प्रकृया शुरु गर्नु ‘अपमानजनक’ भएको टिप्पणी गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले अक्टोबर ७ तारिखमा दक्षिणी इजरायलमा आक्रमण गरेपछि निरन्तर लडाइँ चलिरहेको छ । नेतन्याहू र उहाँका सहयोगीले आरोपहरू राजनीतिकरुपमा प्रेरित भएको तर्क गर्दै न्यायिक सुधारको प्रस्ताव गरेका छन् ।

यो सुनुवाइ अझै केही समय चल्ने अनुमान गरिएको छ । सन् २००७ देखि २०१६ को बीचमा नेतन्याहूले एक लाख ९५ हजार अमेरिकी डलर बराबरको उपहार प्राप्त गरेका छन्। उनले उपहारहरू मित्रबाट स्वीकार गरेको र आफूले नमागेको बताए।

प्रतिक्रिया दिनुहोस्