अष्ट्रेलियासँगको पाँचाैँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी



१८ मंसिर, एजेन्सी। अष्ट्रेलियासँगको पाँचौँ तथा अन्तिम टी–२० खेलमा भारत विजयी भएको छ ।  बैंग्लोरमा भएको खेलमा भारत ६ रनले विजयी भएको हो ।

भारतले दिएको १६१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर मात्र १५४ रन बनाउन सक्यो  । त्यसअघि टस हारेर व्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।

घरेलु टोली भारतले पाँच खेलको टि–२० शृङ्खला एक खेल अगावै जितिसकेको थियो । चौथो खेलमा भारतले अष्ट्रेलियालाई २० रनले हराउँद शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

भारतसँग पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले हारेको अष्ट्रेलिया तेस्रो खेलमा भने ५ विकेटले विजयी भएको थियो । यसअघि भएको एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै जितेको थियो ।

कुशल मल्लले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट

उनले ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए ।

क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय

 ग्रेडअनुसार ए ग्रेडका खेलाडीले मासिक १ लाख पारिश्रमिक पाउनेछन् । यस्तै, क्रमशः बी

लिग-२ मा आज नेपाल र नेदरल्याण्ड्सबीच भिडन्त

लिग-२ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड,

तेस्राे टेस्टमा भारतले इङ्ल्यान्डलाई ४ सय ३४ रनले हरायाे

पहिलाे इनिङ्समा भारतले कप्तान राेहित शर्मा र रविन्द्र जडेजाकाे शतककाे मद्दतमा ४ सय

 सामाजिक सञ्जालमा हामी