प्रवास

गाजामा थप २४० जनाको मृत्यु : हमास

१६ मंसिर २०८०, शनिबार १३:२५
गाजामा थप २४० जनाको मृत्यु : हमास

१६ मंसिर,काठमाडौं। गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ।

“गाजापट्टीमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ । थप ६५० जना घाइते भएका छन्,” सरकारको विज्ञप्तिमा भनिएको छ ।

इजरायली सेनाले “विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्