हमासले १२ जना रिहा गर्दा इजरायलले ३० प्यालेस्टाइनीलाई मुक्त गरिदियो



१३ मंसिर,काठमाडौँ।इजरायल र हमासबीच थप गरिएको युद्धविराम अन्तर्गत पछिल्लो समय हमाससमूहले १२ जना रिहा गरेको छ ।

तीमध्ये १० जना इजरायली र दुई जना थाई नागरिक हुन् । यसको बदलामा इजरायलले भने ३० जना प्यालेस्टाइनी बन्दीहरुलाई मुक्त गरेको छ । अहिलेसम्म इजरायलले १ सय ८० बन्दीलाई मुक्त गर्दा हमासले भने ८१ जनालाई रिहा गरेको छ ।

८१ जनामध्ये ६१ जना इजरायली छन् भने बाँकी विदेशी नागरिक हुन् । हमासबाट रिहा गरिएका अधिकांश महिला र बालबालिका रहेको बीबीसीले जनाएको छ । मध्यराती रिहा भएर इजरायल प्रवेश गरेका हरुले हमासको कब्जामा रहदा धेरै सास्ती खेप्नु परेको बताएका छन् ।

हमासले आफुहरुलाई खाने कुरा पनि एकदमै थोरै दिएको सुत्ने ओछ्यान समेत सजिलो नभएको बताएका छन् । जमिन मुनिको हलमा च्यापिएर बस्नु परेको उनीहरुको गुनासो थियो ।पछिल्लो पटक थपिएको युद्ध विराम अन्तर्गत दुवैले बन्दी आदान प्रदान गरिरहेका छन् ।

पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइने

यसअघि नोभेम्बर २०२२ मा स्मिथलाई घातक विषादीको सुई दिएर मृत्युदण्ड दिने प्रयास गरिएको

नट बोल्ट नकसिएका कारण अमेरिकामा उडिरहेकाे विमानबाट झ्याल खसेकाे पाइयाे

विमानले फेरि सेवा शुरू गर्नुपूर्व विमानका सबै पार्ट्सहरू जाँच गरिने एअरलाइन्सलाई उदृत गर्दै

इजरायलका प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु

यो सुनुवाइ अझै केही समय चल्ने अनुमान गरिएको छ । सन् २००७ देखि

गाजामा थप २४० जनाको मृत्यु : हमास

इजरायली सेनाले “विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ

 सामाजिक सञ्जालमा हामी