प्रदेश

सुनकोशी मरिन डाइभर्सनलाई थप १४ हेक्टर वन क्षेत्र चाहिने

१२ मंसिर २०८०, मंगलवार ११:५८
सुनकोशी मरिन डाइभर्सनलाई थप १४ हेक्टर वन क्षेत्र चाहिने

१२ मंसिर,झापा। सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले थप १४.०९ हेक्टर वन क्षेत्र आवश्यक परेको भन्दै पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (एसइआइए) प्रस्ताव गरेको छ।

यसरी डुबान हुने ४२५ मिटर सडक र अन्य संरचनासहित यो राजमार्गको कुल १०६२ मिटर सडक नयाँ बनाउनुपर्ने भएको आयोजनाले जनाएको छ । सिन्धुली र रामेछाप जिल्लामा बनिरहेको यो आयोजनाअन्तर्गत सुनकोशी नदीको पानी मरिण खोलामा फर्काइ बागमती सिँचाइ नहरको क्षमता बढाउने लक्ष्य रहेको छ ।

आयोजनालाई १४.०९ हेक्टर जग्गा स्थायी रूपमा आवश्यक पर्नेछ। स्थायी रूपमा आवश्यक पर्ने जग्गामध्ये ०.३८ हेक्टर सामुदायिक वन र ३.१९ हेक्टर राष्ट्रिय वनको जग्गा आयोजनाको संरचनामा परिणत हुनेछ।

उक्त वन क्षेत्रबाट ४६ वटा विभिन्न प्रजातिका रूख तथा लाथ्रा (८३ सिसौं, ३८ खयर, ५ दबदबे, ४ फडिल र सिन्दुरेका दुई) हटाउनु पर्नेछ। विभिन्न प्रजातिका २०४ बिरूवाको क्षति हुनेछ।

आयोजनाका अनुसार यस क्षेत्रमा वीपी राजमार्गको ४२५ मिटर क्षेत्र डुबानमा पर्नेछ । डुबान क्षेत्रबाहेक प्रवेशमार्ग, डिस्याण्डरसहितका संरचना व्यवस्थापन गर्न वीपी राजमार्गको थप ५७५ मिटर प्रयोगमा आउनेछ । यी लगायतका कार्यलाई वीपी राजमार्गको कुल १०६२ मिटर सडक नयाँ बनाउनुपर्ने भएको आयोजनाले जनाएको छ ।

सो प्रयोजनका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार पारी स्वीकृतिका लागि आयोजनाले वन तथा वातावरण मन्त्रालयमा पठाएको छ । यसअघि स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा पहुँचमार्ग र वीपी राजमार्ग स्थान्तरणको आकलन गरिएको थिएन ।

राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजना बागमती प्रदेशको सिन्धुली जिल्ला र रामेछाप जिल्लामा अवस्थित छ। समुन्द्र सतहदेखि ४७६ मिटरमा ३१२ हेक्टर जमिनमा आयोजनाका लागि जलाशय पोखरी बन्नेछ।

यसको बाँध तथा सेडिमेन्टेसन पोखरी सुनकोशी गाउँपालिका वडा नम्बर ६ कानढुंग्रीमा रहनेछ। हेडरेस सुरूङ टनेल बोरिङ मेसिन (टिबिएम)ले निर्माण भइरहेको छ।

२०८० असार मसान्तसम्म यो सुरूङ सात हजार ५०० मिटर खनिएको छ। सुरूङको कुल लम्बाई १३.३ किलोमिटर छ।

सुरूङ निर्माण गत असोज २८ गतेदेखि टिबिएममार्फत् सुरू गरिएको हो। उक्त मेसिनका लागि आवश्यक उपकरण चीनबाट आयात गरी मेसिनको डिजाइन तयार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्