अनमोलको नयाँ फिल्म ‘फर्की फर्की’ को छायाङ्कन पोखराबाट सुरु



 काठमाडौं । मेगा स्टार अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ को छायाङ्कन पोखराबाट सुरु भएको छ।

सोमबार बिहानदेखि पोखराको लेकसाइटमा फिल्मको सुटिङ धमाधम भइरहेको छ। फिल्मका निर्माता रोहित अधिकारीले आज बिहानबाट छायाङ्कन सुरु गरिएको जानकारी दिए। गत शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको थियो।

पोखरापछि फिल्मको छायाङ्कन अन्नपूर्ण बेस क्याम्प, काठमाडौँ र इन्डोनेसियाको बालीमा समेत हुनेछ । गत शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुहूर्त भएको थियो ।

प्रेमकथामा बन्न लागेको फिल्मको कथा निर्माता अधिकारीले नै तयार पाारेका हुन् । ओमप्रकाश अग्रवाल समेत निर्माता रहेको फिल्ममा सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायाङ्कन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।

सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोलसहित जसिता गुरुङ, नवकलाकारद्वय समृद्धि अर्याल र रवि काफ्लेको अभिनय रहेको छ। लभस्टोरी जनरामा बन्ने फिल्मको पोखरासहित काठमाडौं लगायतका क्षेत्रहरुमा छायाङ्कन हुनेछ।

यो फिल्म अधिकारीसहित ओएसआर डिजिटलको लगानीमा बन्न लागेको हो। नरेन्द्र मैनालीले खिचिरहेको फिल्म अर्को वर्ष जेठ ११ गते रिलिज हुँदैछ।

सनम कठायतको “पराईकी रानी” सार्वजनिक

काठमाडौं । प्रसिद्ध गायक राज सिग्देलको आवाजमा रहेको निकै मिठो गीत “पराईकी रानी”

रमेश किशोर ढकालको स्वरमा ‘तिमि नभए’ सार्वजनिक

 राजकुमार बगरको शब्द र संगीत रहेको गीतमा राजु कार्कीले संगीत एरेन्ज गरेका हुन्

गोपी कृष्ण मुभिज फागुन १ देखि बन्द हुने

आजसम्म पाएको सहयोग, सद्भाव र आत्मीयताका लागि प्रा.लि.ले सबैलाई धन्यवाद समेत दिएको छ

सनम कठायतको नयाँ गीत “तिमी त दुश्मन” सार्वजनिक

काठमाडौं। चर्चित मोडेल सनम कठायत र अनिता गिरिको नयाँ म्युजिक भिडियो “तिमी त

 सामाजिक सञ्जालमा हामी