शुभाकालिका गाउँपालिका बालमैत्री घोषणा



५ मंसिर कालिकोट।“खुशी राखौ बालबालिकाको मुहार, बालमैत्री शुभ कालिका समृद्धिको आधार” भन्ने मूल नाराका साथ आज कालिकोटको शुभाकालिका गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ।

शुभाकालिका गाउँपालिकाका वडा नं ७ र ८ लाई बालमैत्री शासन भएका वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेको सूचक र मापदण्ड पूरा गरेकाले सो गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष गोबिन्द आचार्य(अनिल) को अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री गाउँपालिका घोषणामा सहयोग पुर्याउने सबै फूलमाला र पिपलको पातसहित सम्मान गर्नुका साथै गाउँपालिकाका पूर्व जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, राजनीतिक व्यक्तित्व तथा गैरसरकारी सङ्घ संस्थालाई सम्मान गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष आचार्यले भने ” बालमैत्री सूचकहरुभित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बाल सहभागीता महत्वपूर्ण कुरा भएकोले गाउँपालिकाका सबै पक्षहरुले यसलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

उक्त कार्यका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन सँगै स्रोत साधन परिचालनसमेत गर्ने भएको गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।

उनका अनुसार बालमैत्री पालिका घोषणा र कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक पर्दछ हामी त्यो वातावरण बनाउन प्रतिवद्ध छौं । बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएपनि आगामी दिनमा सुधारका लागि निरन्तरता दिनुपर्ने गाउँपालिकाका अध्यक्ष आचार्यले बताए।

बालमैत्री शासन घोषणा गर्नका लागि सेभ द चिल्ड्रेन, किर्डाक नेपाल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा कालिकोटले समन्वय गरेको हो।

कर्णाली प्रदेशकै पहिलो बहुउद्देश्यीय नगरपालिकाको भवन खाँडाचक्र नगरपालिकामा बन्ने

नगरवासीहरुलाई छिटो, छरितो किसिमले सेवा प्रवाह गर्नका लागि कार्यालय भवन सहित नगरपालिकालाई आन्तरिक

पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरुलाई सहज भएको स्थानीय रामबहादुर शाहीले बताए

विभेद हटाउन ‘उपमेयर नवजात बालिका बचत खाता’ कार्यक्रम

“नवजात शिशु अवस्थामा छोरीले आवश्यक स्याहार र उपचार नपाउँदा कुपोषित हुने क्रम बढदो

जाजरकोट र रूकुम पश्चिम भूकम्प पिडितलाई राजापुर नगरपालिकाद्वारा खाद्यान्न सामग्री वितरण

‘हामीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भनेर यो राहत

 सामाजिक सञ्जालमा हामी