उता लिग चरणका सबै ९ खेलमै जित हासिल गरेको भारतले अष्ट्रेलियालाई पनि ६ विकेटले हराएको थियो । यहि मनोबलमा भारत आज मैदानमा उत्रदैछ ।

विगतमा हेर्दा विश्वकपमा १३ खेलमा अस्ट्रेलिया ८–५ ले अगाडी छ । तर पछिल्लो ७ मध्ये भारतले चार खेलमा जित हात पारेको छ । जारी विश्वकपको फाइनल सम्म आइपुग्दा भारत अपराजित टोली हो ।

उत्कृष्ट प्रदर्शन गरिरहेको भारतिय खेलाडीहरु बलिङ र ब्याटीङमा अब्बल देखिएका छन् । जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा भारतिय विराट कोहली नै छन् । उनले अहिलेसम्म ७११ रन बनाएका छन् । त्यस्तै बलिङमा भारतका मोहम्मद सामीले ६ खेलमा २३ विकेट लिएका छन् ।

त्यसैले अपराजित रहँदै फाइनलको यात्रा तय गरेको भारत घरेलु मैदानमा उपाधि जित्दै इतिहास बनाउने लक्ष्यमा छ । पाँच पटक उपाधि जितिसकेको अस्ट्रेलिया आठौंपटक विश्वकपको फाइनलमा खेल्दैछ भने दुई पटक उपाधि जितेको भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ ।

समग्रमा विश्वकपको इतिहास र वर्तमानको प्रदर्शन हेर्दा फाइनल खेल रोचक र प्रतिक्षारत हुने निश्चित छ । सन् १९७५ बाट खेलाउन थालिएको एक दिवसीय विश्वकप क्रिकेटको हालसम्म भएका १२ वटा शृङ्खलामा अष्ट्रेलियाले पाँच पटक उपाधि जित्दा भारत र वेष्ट इन्डिजले समान २-२ पटक उपाधि जितेका छन् । यसैगरी इङ्ल्याण्ड, श्रीलंका र पाकिस्तानले समान एक-एक पटक उपाधि जितेकाछन् ।