फेरी घट्यो सुनचाँदीको मूल्य



काठमाडौं। नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ ।

पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९४ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५७ डलर आसपासमा कारोबार भइरहेको छ ।

दाइजोको लोभमा ७० वर्षे वृद्धसँग १२ वर्षीया बालिकाको विवाह गर्न खोज्दा

बाल विवाहको षड्यन्त्र भइरहेकोबारे अमीराका सौतेला भाइले थाहा पाएपछि उनले प्रहरीलाई खबर गरे

सोमबार बढ्यो सुनको मूल्य

आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य

एमाले सचिवालय बैठक ३० जेठमा, भुसालमाथि कारबाहीको विषयमा छलफल हुने

‘स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनकाबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको हो,’ प्रचार

कालिकोटका ९ वटै स्थानीय तहको लागी बजेट विभाजन

संघीय सरकारले ९ वटै स्थानीय तहको लागि आगामी आर्थिक वर्ष २०७९/८० का लागि

 सामाजिक सञ्जालमा हामी