स्वास्थ्य मन्त्री बस्नेतले भेटे टिचिङमा उपचाररत भूकम्पका घाइते



२३ कार्तिक,काठमाडौँ। जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भेटेका छन् ।

कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी गम्भीर घाइते भएकालाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएको थियो ।

मन्त्री बस्नेतले हिजो उपचाररत १० जना घाइतेसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन । उपचाररत घाइतेमध्ये एक जनाको शल्यक्रिया भइसकेको,एक जनालाई आइसियुमा राखेर उपचार गरिरहेको र बाँकी आठ जनाको पनि उपचार अस्पतालले जनाएको छ ।

भूकम्पमा परेर गम्भीर घाइतेहरु मध्ये त्रिवि शिक्षण अस्पतालमा १० जनाको उपचार भइरहेको निर्देशक डा. काफ्लेले जानकारी दिए । उपचाररत घाइतेमध्ये एक जनाको शल्यक्रिया भइसकेको, एक जनालाई आइसियुमा राखेर उपचार भइरहेको र बाकी आठजनाको पनि उपचार भइरहेको डा. काफ्लेले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठ गङ्गालाल हस्पिटलमा भर्ना

अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । श्रेष्ठज्यू  चीनको

भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा

आज ३६औँ विश्व एड्स दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको

बाँकेमा एचआइभी पोजेटिभ घट्दै

एएचएफका कार्यक्रम संयोजक सञ्जय पौडेलले बाँकेमा एचआइभी सङ्क्रमणदरमा उल्लेख्य सुधार भएको जानकारी दिए

 सामाजिक सञ्जालमा हामी