संसदीय व्यवस्था भनेपनि सांसदका कुरा लागु हुँदैनन् : अध्यक्ष राउत



१७ कार्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए । उनले संसदीय व्यवस्था भनेपनि सांसदहरुले भनेका कुरा लागू नहुने गरेको बताए । उनले देश ३५ वर्ष यता तीन जना नेताहरुमै घुमिरहेकाले त्यसलार्य चिर्न आफूहरु आएको बताए ।

एउटा जनप्रतिनिधिले आवाज उठाउदा पक्राउ परेको घटना उल्लेख गर्दै सांसदलाई नै लोकतन्त्र नभएको बेला आम जनताले कसरी लोकतन्त्र महसुस गर्न सक्छन ? भन्दै प्रश्न गरेका थिए । सांसदहरुले उठाएका कुनै कुरा अहिलेसम्म पालना नभएको, सांसदहरुले हालेका अहिलेसम्म कुनै स्मशोधन पारित नभएको उदाहरण दिदै उनले शिर्ष दलका नेताहरुका लागि मात्र लोकतन्त्र आएको बताए ।

राउतले संसदमा जनताको आवाज उठेपछि पुरा हुनुपर्ने माग गरे । राउतले देश टाइटानिक दुबे जस्तै डुब्न लागेको बताउदै आम जनताएल आफ्नो जोहो गर्न चेतावनी समेत दिएका थिए ।

८ सय ५२ किलोमिटर पार गरेर आज गण्डकी पस्दै एमालेको ‘संकल्प यात्रा’

धादिङबाट धुलिखेल, मन्थली, दिक्तेल, भोजपुर, सक्रान्ती बजार, फिदिम–च्याङ्थापुसम्म पुग्ने छ । १ पुसमा

संसदमाथि सरकार हावी भयो : नेता देवकोटा

“मुलुक सङ्घीयतमा गइसकेपछि पनि केन्द्रिकृत सोच र मानसिकताले काम गर्यो । यसमा हामी

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : आरजु राणा

अक्सफामकी अध्यक्ष शर्मिला तामाङले महिलालाई राजनीतिमा सहभागी गराउन अक्सफामले विभिन्न सङ्घसंस्थासँग मिलेर काम

आजदेखि एमालेको ‘सङ्कल्प यात्रा’, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमालेले दैनिक एक सय किलोमिटर यात्रा गर्ने लक्ष्य राखेको छ। अभियानका क्रममा ठाउँ

 सामाजिक सञ्जालमा हामी