एकै दिनमा थपिए एक सय बयासी डेङ्गु सङ्क्रमित



१५ कार्तिक, दमौली । तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ ।

करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लामा सोमबारसम्म छ हजार चार सय ८४ जना डेङ्गु सङ्क्रमित रहेकोमा वृद्धि भई छ हजार छ सय छैसठ्ठी जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

व्यास नगरपालिकामा ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा  थपिएर पाँच हजार चार सय ७५ जना पुगेको छ । डेङ्गु सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय ९६, ऋषिङ गाउँपालिकामा एक सय ९४, भिमाद नगरपालिकामा एक सय ८४, म्याग्दे गाउँपालिकामा एक सय १०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।

यसबाट बच्न बयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेलगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए ।

डेङ्गु सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रशस्त पिउने, फलफूल खाना र आराम गर्न उनले सुझाव दिए ।

उपप्रधानमन्त्री श्रेष्ठ गङ्गालाल हस्पिटलमा भर्ना

अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । श्रेष्ठज्यू  चीनको

भरतपुर अस्पतालमा थपियो आइसियुको शय्या

सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा

आज ३६औँ विश्व एड्स दिवस, चेतनामूलक कार्यक्रम गरी मनाइँदै

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी सङ्क्रमण भएको

बाँकेमा एचआइभी पोजेटिभ घट्दै

एएचएफका कार्यक्रम संयोजक सञ्जय पौडेलले बाँकेमा एचआइभी सङ्क्रमणदरमा उल्लेख्य सुधार भएको जानकारी दिए

 सामाजिक सञ्जालमा हामी