‘घाम जस्तो चम्किलो जुन हुँदैन’ को नयाँ भर्सन सार्वजनिक



काठमाडौं। चर्चित मोडेल सनम कठायतको नयाँ लोक दोहोरी गीत “घाम जस्तो चम्किलो जुन हुँदैन “ म्युजिक भिडियो शिव सुवेदीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

करिब एक दशक अघिको हिट गीतमा गायक पुरुषोत्तम न्यौपाने र गायिका बिमा कुमारी दुराको आवाजमा रिलिज भएको थियो । त्यसको नयाँ  भर्सन कुशल बेलबासे र सुनिताबुढा छेत्रीको स्वर रहेको छ ।

गीतको म्युजिक भिडियो ‘दृष्यमा खप्तड’ अभियान अन्तर्गत निर्माण भएको छ। जसको निर्देशन पत्रकारितामा समेत सक्रिय डिबी खड्काले गरेका छन्।

अभिनय सुगम संगीतमा चर्चित रहेका कलाकार सनम कठायत र टेलिसिरियलमा निकै रुचाइएकी कलाकार सरिता ढुंगानाको रहेको छ।म्युजिक भिडियोको सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन्। सम्पादन र कलर संयोजन पहिलेकै भिडियोमा समेत गरेका प्रविन भट्टले गरेका छन्।

म्युजिक भिडियोको औपचारिसक सार्वजनिकीकरण भने केही समयअघि नै भएको थियो। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्व पर्यटनमन्त्री प्रेम आलेले पर्यटन बोर्डमा आयोजित ‘दृष्यमा खप्तड’ सार्वजनिक समारोहमा गीतको म्युजिक भिडियो विमोचन गरेका थिए।

लोकसंगीत पारखीले परख गरिसकेको गीतमा आफू जोडिन पाउँदा खुशी लागेको मोडेल सनम कठायतले बताएका छन्। उनले भने, ‘ऐतिहासिक गीतलाई सुन्दर प्राकृतिक दृष्य रहेको अध्यात्मिक भूमि खप्तडमा दृष्यांकन गरेका छौं। मेरो जीवनको सुन्दर काम मध्ये एउटा हो यो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

चौथो दिनको कमाइमा ‘एनिमल’ले शाहरुखको ‘जवान’लाई उछिन्यो

एनिमलले आइतबार तेस्रो दिन ७५ करोड भारु कमाएर नयाँ रेकर्ड बनाएको थियो ।

रणबीर कपुरको ‘एनिमल’ले कति कमायो ?

त्यस्तै तेश्रो दिन ७० करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको हो। उक्त चलचित्र

निर्माता र प्रदर्शकलाई बराबर शेयर

कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन विसं २०७८ असोजमा पहिलो साता ५५

अनमोलको नयाँ फिल्म ‘फर्की फर्की’ को छायाङ्कन पोखराबाट सुरु

लभस्टोरी जनरामा बन्ने फिल्मको पोखरासहित काठमाडौं लगायतका क्षेत्रहरुमा छायाङ्कन हुनेछ। यो फिल्म अधिकारीसहित

 सामाजिक सञ्जालमा हामी