५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत



१२ असोज, बारा । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको करीब ५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत गरिएको छ ।

बुधबार बिहान ८ बजे नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीबाट फ्यालग अफ गरेर सुरुवात भएको बाइक टुर पर्सा राष्ट्रिय निकुञ्जमा अपरान्ह ४ बजे पुगेको हो । दिउँसो १ बजे मकावनपुरगढी आइपुगेको राइडरहरुलाई मकावनपुरगढी वडा नं २ का वडा अध्यक्ष बखानसिंह पाख्रिनले स्वागत गरेका थिए ।

मकावनपुरगढीका स्थानिय सरोकाहरुरसँग अन्तर्रक्रिया गर्दै राइडरहरु हेंटौडा हुँदै बारा (पर्सा राष्ट्रिय निकुञ्ज) तर्फ निस्किएका थिए । पर्सा राष्ट्रिय निकुञ्जको जङ्गल सफारीसँगै राइडर स्वागत कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, नाटा मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा, सबुज गणका प्रमुख सेनानी गणेशमान पन्त, होटल सघं बाराका अर्जुन लम्साल लगाएत स्थानिय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

करीब १००० किमि यात्रा र १५ वटा जिल्लाको पर्यटन प्रबर्द्धन सँगै स्थानिय तहमा भइराखेको पर्यटकिय गतिबिधिलाई नजिकबाट ध्ययेका साथ टुर सुरु गरिएको हो ।

कलाकार तथा मोडल सनम कठाएत, गायक डेभिड शंकर र मोडल कुशुम शर्मा समेत सहभागी टुरमा विभिन्न रमाइला कार्यक्रमहरु समेत समावेश गरिएको छ । राइडरहरुको टोली आज चितवनमा बास बस्दै, लुम्बिनी, बुटवल, पाल्पा, पोखरा हुँदै १५ गते काठमाडौं फर्किने छ ।

सांसद प्रदीप पौडेल र बालेनबीच भेट, चक्रपथ निर्माणबारे छलफल

, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा

जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ जना उत्तीर्ण

खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण  भएका छन् भने आन्तरिक

आगामी निर्वाचनमा एमाले कसैसँग मोर्चाबन्दी गर्दैन : ओली

गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

नगरपालिकाकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत हालसम्म १० हजार नागरिकले स्वास्थ्य सेवा पाएको नगरपालिकाले जनाएको

 सामाजिक सञ्जालमा हामी