सरकारले सहमति कार्यान्वयन नगरेकाे महासंघकाे गुनासाे



९ असोज,काठमाडौँ ।  निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले सरकारसँग भएको ९ बुदेँ सहमति अझै कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् ।

आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले नामक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिंहले प्रधानमन्त्री भ्रमणमा जानुभन्दा अगाडि नै कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ गरिएको सहमति अझै पूरा नभएको भन्दै दशैं अगाडि आईरहेको समयमा सप्लाई चेन र मजदुरहरुलाई भुक्तानी गर्न नसकेको बताए ।

उनले भने, ‘सरकारले अझसम्म पनि निमार्ण उद्योगलाई भुक्तानी नगरेको हुनाले हाम्रो सप्लाई चेनहरु अस्तव्यस्त भएको छ । सप्लाई चेनलाई, मजदुरलाई भुक्तानी गर्न सकेको छैन् । हामी आन्दोलित भयौं, सरकारसँग सहमति पनि गरौं र हाम्रो ९ बुदेँ सहमतिलाई कार्यान्वयन गर्न हामी डेढ महिनादेखि कुरिरहेका छौ । प्रधानमन्त्री भ्रमणमा जानुभन्दा अगाडि नै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो तर त्यो पूरा भएको छैन् । दशैं अगाडि आईरहेको छ हामीले हाम्रो भुक्तानी गर्न सकने अवस्था छैन ।’

अध्यक्ष सिंहले अराजक अवस्थामा मुलुकमा पुगेको कर्तव्यबोध कसैले पनि नगरेको भन्दै यसले निमार्ण उद्योग एकदमै धराशयी भएको बताए । नले भने, हामीलाई म्याद थप मात्रै गरेर समस्याको समाधान हुदैँन् । अहिले पच्चिस सय, तीन हजार योजनाको म्याद थप हुदैँ गर्दा ४ खर्बको भुक्तानी सिर्जना हुन्छ । त्यो भुक्तानी राज्यले कसरी व्यवस्था गर्छ, यो कुरा पनि याद राख्नु पर्छ । अनावश्यक दबाब दिएर बिना बजेटको योजनाहरु जुन दिनु भएको छ, म सबै राजनीतिक पार्टीहरुलाई भन्न चहान्छु ती बिना बजेटका योजनाहरु हामीले कसरी कार्यान्वयन गर्न सक्छौ ।

विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

उपप्रधानमन्त्री खड्काले नेपालीहरूलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदान–प्रदान गर्न र नेपालको

शिथिल अर्थतन्त्र चलायमान बनाउन पाेखरामा व्यापार मेला

महिला उद्यमशीलता विकासका लागि मेलास्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै आफै रोजगारीका अवसर

सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

माथिल्लो भेगका गाउँ तेम्बाथान, दीपु र तेगामा विद्युतीकरणका लागि प्रसारण लाइन निर्माण भइरहेको

सुनचाँदीको मूल्यमा गिरावट

त्यस्तै,बुधबार चाँदी प्रति तोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ

 सामाजिक सञ्जालमा हामी