राहत शिक्षकको आन्दोलन जारी



९ असोज,काठमाडौँ । राहत शिक्षकले आज पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सोमबार मध्यान्ह माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म विरोध प्रदर्शनी गर्दै उनीहरूले सडकमै सुतेर विरोध जनाएका हुन् ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले मंगलबार  सिटी बजाउर आन्दोलन गरेका हुन् । उनीहरुले काठमाडौँको माइतिघरदेखि बानेश्वर सडकखण्डमा सिटी बजाएर आफ्ना माग पुरा गर भन्दै नारा लगाएका छन् ।

आन्दोलित शिक्षकमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् । गत ७ असोजमा नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षकलगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

उपप्रधानमन्त्री खड्काले नेपालीहरूलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदान–प्रदान गर्न र नेपालको

शिथिल अर्थतन्त्र चलायमान बनाउन पाेखरामा व्यापार मेला

महिला उद्यमशीलता विकासका लागि मेलास्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै आफै रोजगारीका अवसर

सिन्धुपाल्चोकको विकट गाउँमा बिजुली

माथिल्लो भेगका गाउँ तेम्बाथान, दीपु र तेगामा विद्युतीकरणका लागि प्रसारण लाइन निर्माण भइरहेको

सुनचाँदीको मूल्यमा गिरावट

त्यस्तै,बुधबार चाँदी प्रति तोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ

 सामाजिक सञ्जालमा हामी