डुंगा दुर्घटनामा आठ आप्रवासीको निधन



एजेन्सी:  ग्रेन क्यानेरियाको एक टापूस्थित समुद्रमा डुगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ । आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ ।

सो डुंगाले कम्तीमा पनि ६२ जना यात्रु बोकेको थियो । त्यस दुर्घटनाका क्रममा ती आठ जनाको ज्यान गएको र अरुको सकुशल उद्धार गरिएको थियो । डुगा दुर्घटना भएपछि तुरुन्त उद्धारको काम थालिएको थियो ।

यस क्रममा सातजनाको शव भेटिएको र अर्का एकजनाको अस्पताल लैजाने क्रममा निधन भएको यहाँका अधिकारीले जनाएका छन् ।यस स्थानबाट आप्रवासीहरुले निकै नै जोखिमपूर्ण अवस्थाबाट यात्रा गर्ने गर्दछन् ।

यसका कारण यहाँ यसअघि पनि कैयौँ आप्रवासीको यात्राकै क्रममा निधन भएको थियो । यस उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन् । तर यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ ।

स्ववियु निर्वाचनको मौन अवधि शुरू : ९ आंगिक क्याम्पसमा निर्वाचन स्थगित

उपत्यकाबाहिर सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, धौलागिरि क्याम्पस वाग्लुङ र पृथ्वीनारायण क्याम्पस पोखरा, पोखरा

कोरिया पठाउने नाममा ठगी धन्दा

कोरिया पठाउने नाममा अवैध रुपमा युवाहरुबाट पैसा उठाएको भन्दै सूचना पुगेपछि जिल्ला प्रशासन

गृहमा एकिकृत समाजवादीसहित तीन पार्टीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गरेका भए पनि गृह,

ह्याकरको बढ्दो खतरा

साइबर अपराधका बढ्दो केस र ह्याकरको बढ्दो खतराबाट उम्कन गाह्रो देखिन्छ । नेपाल

 सामाजिक सञ्जालमा हामी