संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे



२ असोज, कास्की ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको कार्यान्वयनका लागि तीनवटै तहको सहकार्य आवश्यक भएको बताएका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए । यसका लागि सङ्घीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको उनको भनाइ छ ।

संविधानको भावनलाई जनजीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै गण्डकी प्रदेश र सिङ्गो मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता रहेको बताए ।

“लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्न विभिन्न कालखण्डमा भएका सङ्घर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोर्नुभएका व्यक्ति, राजनीतिक दलका नेतृत्व, नागरिक समाजका व्यक्तिप्रति उच्च सम्मानसहित स्मरण गर्दछु”, सन्देशमा उल्लेख छ ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि २०७२ असोज ३ गते संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले सन्देशमा संविधानले नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित गर्नाका साथै जनता राज्यशक्तिको स्रोत भएको उल्लेख गरे ।

संविधानले निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उजको भनाइ छ ।

सांसद प्रदीप पौडेल र बालेनबीच भेट, चक्रपथ निर्माणबारे छलफल

, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा

जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ जना उत्तीर्ण

खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण  भएका छन् भने आन्तरिक

आगामी निर्वाचनमा एमाले कसैसँग मोर्चाबन्दी गर्दैन : ओली

गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

नगरपालिकाकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत हालसम्म १० हजार नागरिकले स्वास्थ्य सेवा पाएको नगरपालिकाले जनाएको

 सामाजिक सञ्जालमा हामी