कार्यबाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ राजदूतको शिष्टाचार भेटघाट



२ असोज, काठमाडौँ। कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेटघाट गरेका छन्।

आज रक्षा मन्त्रालयमा भएको भेटवार्ताका क्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँ पुरानो द्विपक्षीय सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै एक चीन नीतिप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नेपालको आर्थिक एवम् पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यबाहक प्रधानमन्त्री खड्काले प्रधानमन्त्रीबाट आगामी साता हुने चीन भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा चीनले पुर्‍याउँदै आएको सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरे। राजदूत चेन सोङ्गले नेपालका प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताए।

साथै उनले दुई देशबीच उच्चस्तरीय भ्रमण निरन्तर हुनुपर्ने कुरामा जोड दिँदै चीनको लिन्ज्ही सहरमा आगामी अक्टोबरमा आयोजना हुने ‘द थर्ड ट्रान्स हिमालयन फोरम फर इन्टरनेशनल कोअपरेसन’ कार्यक्रममा रक्षामन्त्रीको सहभागिताका लागि चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट पठाएको निमन्त्रणासमेत हस्तान्तरण गरे ।

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा जाने

हाल एमालेलाई ९, माओवादीलाई ५ र रास्वपालाई ४, जसपालाई २ मन्त्रालय दिने तयारी

सत्ता गठबन्धनले मन्त्रालयकाे भागवन्डा टुंग्याए, कुन दलबाट को मन्त्री?

रास्वपाले लिने चार मन्त्रालयको पनि टुंगो लागेको छ। सभापति रवि लामिछाने उपप्रधान तथा

रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने

बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुँदैछ । अन्य मन्त्रालयहरू

कर्णाली प्रदेशकै पहिलो बहुउद्देश्यीय नगरपालिकाको भवन खाँडाचक्र नगरपालिकामा बन्ने

नगरवासीहरुलाई छिटो, छरितो किसिमले सेवा प्रवाह गर्नका लागि कार्यालय भवन सहित नगरपालिकालाई आन्तरिक

 सामाजिक सञ्जालमा हामी