कांग्रेसको शेखर कोइराला समूहले पार्टी नेतृत्वलाई दबाब दिने



२ असोज, काठमाडौँ। नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरुलाई व्यवस्थित रुपमा अघि बढाउन नेतृत्वलाई दबाब दिने भएको छ ।

शेखर–गगन समूहका पदाधिकारी र केन्द्रीय सदस्य सहभागी बैठकमा धेरै नेताको प्रश्न समूहभित्रको एकतालाई लिएर थियो । केन्द्रीय सदस्यहरुले शेखर–गगनबीचमा छलफल गरी एकवद्ध हुन सुझाव दिएका थिए ।

आसन्न केन्द्रीय समिति बैठकअघि मंगलबार काठमाडौंमा बसेको कोइराला समूहको बैठकले महासमिति बैठकको तयारी, समयमा नै १५ औं महाधिवेशन गर्ने तयारीलगायतका विषयमा नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो ।

‘हामीबीचमा अविश्वास रहेर त कसरी हुन्छ र ? हामीले आफ्नो कुरा राख्यौं । (शेखर र गगनले) मिलेर जाने भन्नुभएको छ । हामीले त राय दिने न हो’, एक केन्द्रीय सदस्यले भने ।

शेखरले मंगलबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका थिए । तर उनीहरु सहभागी भएनन् । केन्द्रीय सदस्यहरुले शर्मा र पौडेल किन नआएको भनी शेखरलाई सोधेका थिए ।

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिमम

१२ असोज, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको  बस्ती पहिरोको जोखिममा परेको छ

५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत

१२ असोज, बारा । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको

बालबालिका बेचबिखनविरुद्ध खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा सडक नाटक गरिने

बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती

 सामाजिक सञ्जालमा हामी