दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या



२ असोज, विराटनगर । दाइजो नल्याएको भन्दै इनरुवा नगरपालिकाका ३ नगेन्द्र भगतले श्रीमतीको हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।

विराटनगर महानगरपालिका–१७ माइति भएकी २३ वर्षीया निकिता चौधरीलाई दाइजोको निहुँमा हत्या गरेको भन्दै माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीलाई भगतलाई पक्राउ गरेको छ ।

भगतमाथि श्रीमती निकिताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेको हो । आफ्नी दिदीमाथि दाइजोको नाममा भिनाजु नागेन्द्रसहित उनका परिवारले मानसिक यातना दिंदै आएको र उनीमाथि शनिबार राती करीव साढे ९ बजेतिर धारिलो हतियारले टाउको, अनुहार लगायतका ठाउँमा प्रहार गरी हत्या गरेको मृतक निकिताका भाई राकेश चौधरीले दाबी गरे ।

शनिवार राती चौधरीको मृत्यु भएको थियो । बाथरुममा झुन्डिएको भन्दै निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको थियो ।

अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेपछि थप उपचारका लागि विराट टिचिङ हस्पिटल ल्याउने क्रममा चौधरीको निधन भएको थियो । चौधरीको मृत्युको विषयमा भगत परिवारले फरक फरक कुरा बताउँदै आएको भाइ राकेश चौधरीले बताए ।

उनका अनुसार भगत परिवारले कहिले बाथरुममा चिप्लिएको, कहिले आत्महत्या गरेको बताउने गरिएको छ । भाइ राकेशले भने दाइजोको निहुँमा उनकै श्रीमानले हत्या गरेको आरोप लगाएका छन् । ३२ वर्षीय नागेन्द्र भगतमाथि श्रीमती निकिताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लगाए ।

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिमम

१२ असोज, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको  बस्ती पहिरोको जोखिममा परेको छ

५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत

१२ असोज, बारा । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको

बालबालिका बेचबिखनविरुद्ध खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा सडक नाटक गरिने

बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती

 सामाजिक सञ्जालमा हामी