सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश



२ असोज, काठमाडौं । सिटिजन्स इन्टरनेशनल बैंकले ५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठले जनाएका छन् ।

भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजारको आधरामा कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भए आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले ८२ करोड २१ लाख ६१ हजार रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र  ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४५ हजारलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

एनआईसी एशिया बैङ्कको २६ औँ वार्षिक साधारण सभा आश्विन २८ मा

साधारण सभा प्रयोजनका लागि असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय

सिटिजन्स बैंकले २६ असोजमा साधारणसभा गर्ने

यस्तै बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको बैंकको

सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको नेपाल

वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे

बैंकले साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते बुकक्लोज तय गरेको छ। जस

 सामाजिक सञ्जालमा हामी