दुई समूहबीच झडप हुँदै एक जनाको मृत्यु तीन घाइते



२ असोज,बुटवल । रुपन्देहीको तिलोत्तमामा मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए।​​ तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केरवानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका–९ केउलानीमा दुई समूहबीच सोमबार राति झडप भएको थियो। एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको हो।

मदिरा सेवन गरेका मजदुरहरु धारिलो हतियारसहित झडपमा उत्रिएका थिए । घाइतेहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको स्थानीयले बताएका छन् ।

सांसद प्रदीप पौडेल र बालेनबीच भेट, चक्रपथ निर्माणबारे छलफल

, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा

जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ जना उत्तीर्ण

खुलातर्फ कमलकान्त जोशी, चन्द्रमणि चापागाईं र वसन्तराज जोशी उत्तीर्ण  भएका छन् भने आन्तरिक

आगामी निर्वाचनमा एमाले कसैसँग मोर्चाबन्दी गर्दैन : ओली

गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

नगरपालिकाकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत हालसम्म १० हजार नागरिकले स्वास्थ्य सेवा पाएको नगरपालिकाले जनाएको

 सामाजिक सञ्जालमा हामी