नदीमा डुबेर दाजुभाइको मृत्यु



१ असोज, नवलपरासी। नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणी नदीमा डुबेर मृत्यु भएको हो।

साेमबार दिउँसो नारायणी नदीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन कुमाल र नौ वर्षीय सङ्गम कुमालको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए।

“नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा चिकित्सकले मृत घोषित गरेका हुन्”, उनले भने । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पौडेलले बताए।

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिमम

१२ असोज, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको  बस्ती पहिरोको जोखिममा परेको छ

५० जना राइडरलाई पर्सा राष्ट्रिय निकुञ्जमा स्वागत

१२ असोज, बारा । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंबाट यात्रा थालेको

बालबालिका बेचबिखनविरुद्ध खाँडाचक्र नगरपालिका वडा नम्बर ४ मा सडक नाटक गरिने

बाल श्रमिकको सङ्ख्या बढ्दै गएकाले न्यूनीकरणका लागि विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच पुर्‍याउन

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती

 सामाजिक सञ्जालमा हामी