शेखर कोइरालाले बोलाए आफू पक्षको बैठक



१ असोज, काठमाडौं । संस्थापन इतरका नेता शेखर कोइरालाले बालुवाटार सम्पर्क कार्यालयमा  बैठक बोलाएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापन इतर समूहले आगामी रणनीति तय गर्न छुट्टै बैठक बोलाएको हो।

नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएका हुन्।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको कोइरालाको सचिवालयका एक सदस्यले जानकारी दिए।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन्।

नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आजबाट

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको

भाइबहिनीसँग शेखरको गुनासो- साथ पाएको भए सभापति जितिन्थ्यो

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बीपी कोइरालाले

पार्टी एकता गर्दा नामका विषयमा छलफल गर्न सकिने माओवादी केन्द्रको निर्णय

संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसदको बैठक र विषयगत

नेम्वाङ गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता

एमाले सचिव गोकर्णराज विष्टले एक अर्काविरुद्ध आरोप नलगाइकन आफ्ना कुरा निर्धक्क राख्न सक्ने

 सामाजिक सञ्जालमा हामी