एसिया कपको फाइनल आज: उपाधिका भारत र श्रीलंका भिड्दै



३१ भदौ, काठमाडौं। एसिया कप क्रिकेटको उपाधिका लागि आज (आइतबार) भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। एसिया कप क्रिकेटमा बलियो इतिहास रहेका दुई टोली उपाधिका लागि नवौंपटक आमुने–सामुने हुन लागेका हुन्।

श्रीलंकाले घरेलु मैदानमा भारतको सामना गर्नेछ । कोलम्बोस्थित प्रेमदासा मैदानमा दिउँसो ३ : १५ बजे हुने फाइनल खेल हुनेछ । भारतले शीर्ष स्थानमा रहँदै अन्तिम दुई तथा श्रीलंकाले सुपर फोरमा पाकिस्तानलाई इनिङ्सको अन्तिम बलमा हराउँदै फाइनल स्थान पक्का गरेको आजको खेल रोमाञ्चन हुने देखिएको छ । सुपर फोरको अन्तिम खेलमा भारत बंगलादेशसँग ६ रनले पराजित भएको थियो ।

हालसम्म भारतले सबैभन्दा धेरै ७ पटक एसिया कपको उपाधि जितेको छ। भारतपछि श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेको छ। उपाधिका लागि भारत र श्रीलंकाबीच ८ पटक भिडन्त भएको छ। उपाधिका लागि भएका ८ मध्ये ५ प्रतिस्पर्धामा भारत विजयी भएको छ। श्रीलंकाले भारतलाई हराएर ३ पटक उपाधि जितेको छ। एसिया कपको उपाधिका लागि भारत–श्रीलंका आइतबार नवौं पटक एक–अर्काविरुद्ध मैदान उत्रिँदैछन्।

श्रीलंकाले सन् १९९७, २००४ र २००८ मा भारतलाई हराएर उपाधि जितेको छ। यस्तै, भारतले सन् १९८४, १९८८, १९९०–९१, १९९५ र २०१० मा श्रीलंकालाई हराएर उपाधि जितेको छ।

६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो ।

साफ यू-१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

भारतविरुद्धको सेमिफाइनल खेल भने सुजन डंगोलले गुमाउनेछन्। समुह चरणको अन्तिम खेलमा रातो कार्ड

१९ औँ एसियाली खेलकुद : नेपालको निराशाजनक प्रदर्शन

यस्तै तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्बू पनि पराजित भए । उनी फिलिपिन्सका खेलाडीसित पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

अस्ट्रेलियाका क्यामरन ग्रीनले २ विकेट लिए भने जोश हेजलवुडल, शेन एबोट र एडम

क्यान चुनाव: प्रशान्तमाथि पारसले लिए अग्रता

कुल ८५ मत खसेकोमा केहीबेरमै परिणाम आउने सचिवका उम्मेदवार मल्लले बताए।

 सामाजिक सञ्जालमा हामी