आज देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दै चिकित्सक संघ



३१ भदौ, काठमाडौं। नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वस्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने घोषणा गरेको छ।

संघले हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र आवश्यक कारवाही गर्न अल्टिमेटम दिँदा पनि कारबाही नगरेको भन्दै विरोधमा आज आकस्मिकबाहेकका सेवा बन्द गरेको हो। स्वास्थ्य संस्था बन्द गर्दा सेवाग्राहीमारमा पर्ने भएका छन्।

‘नेपाल चिकित्सक संघबाट भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरिएको थियो । सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस भाद्र ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य भएको जानकारी गराइन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि संघले हेटौँडाको सञ्चो अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त विडामीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो।

संघले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा नल्याएको हुँदा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य भएको जनाएको हो।

भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो। डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

घटनाको यर्थात छानबिन गरी दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारबाट आकस्मिक सेवाबाहेक सम्पूर्ण

देशभरका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको निर्णय

झण्डै १ महिनाअघि डेंगी भई सञ्चो अस्पतालमा आएका हेटौंडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश

स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो–समयमै उपचार र औषधि पाइएन

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले लामो समयदेखि अस्पतालमा कार्यकारी

कञ्चनपुरमा डेंगु रोगको सङ्क्रमण बढ्दो

मन्त्र हस्पिटलमा १२, दोधारा चाँदनीमा सात, पुनर्वासमा पाँच, बेलडाँडीमा दुई, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा

 सामाजिक सञ्जालमा हामी